शुक्रवार, भाद्र २६ गते २०८३

प्रेस चौतारी नेपाल खोटाङद्वारा शुभकामना आदानप्रदान

प्रेस चौतारी नेपाल खोटाङद्वारा शुभकामना आदानप्रदान

रोदिक खबर

२, कार्तिक २०८०
  • 8.7K
    SHARES
  • प्रेस चौतारी नेपाल खोटाङद्वारा शुभकामना आदानप्रदान

    खोटाङ । दशैंको अवसरमा प्रेस चौतारी नेपाल खोटाङ शाखाले शुभकामना आदानप्रदान गरेको छ। दशैं तथा आउँदै गरेको शुभ दिपावली र छठ पर्वको अवसर पारेर बिहीबार हलेसी न्युज नेटवर्कको कार्यालय दिक्तेल भवनगैरामा कार्यक्रम गरी शुभकामना आदानप्रदान गरेको हो।

    प्रेस चौतारी खोटाङका अध्यक्ष सिताराम राई (संन्जिप) को अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा प्रेस चौतारी कोशी प्रदेश सह–इन्चर्ज हरिवोल आचार्यको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दमन राई, श्रमजीवी मिडिया सञ्जालका अध्यक्ष भिम राईले  शुभकामना मन्तव्य राखेका थिए।

    यस्तै, प्रेस चौतारी कोशी प्रदेश कमिटी सदस्य लोकमणि रिजाल,प्रेस युनियन कोशी प्रदेश सदस्य खिलन राई, नेपाल प्रेस युनियन जिल्ला शाखा खोटाङका अध्यक्ष उत्तम चौलागाँई, पत्रकार सुर्य तामाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

    शुभकामना मन्तव्य राखेका वक्ताहरुले चाडवाडलाई भड्किलो नभई सौहार्द रुपमा मनाउन आग्रह गरेका छन्। पत्रकारहरुलाई विभिन्न व्यक्ति तथा दलको मान्छे भनेर ट्याग लाग्ने गरेको भन्दै त्यसबाट टाढा रहेर पत्रकारिता गर्न आग्रह गरेको छ।

    प्रकाशित मिति :कार्तिक २, २०८० बिहिवार - २१:५२:१२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको