शुक्रवार, भाद्र २६ गते २०८३

टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम

टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम

रोदिक खबर

६, कार्तिक २०८०
  • 8.4K
    SHARES
  • टीकाको साइत मङ्गलबार बिहान ११:०२ बजे उत्तम

    काठमाडौँ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यस वर्ष कात्तिक ७ गते मङ्गलबार विजयादशमी परेको छ ।

    विजयादशमीमा दिनभर मान्यजनबाट टीका प्रसाद ग्रहण गर्न सकिने भएपनि साइत खोज्नेका लागि बिहान ११ : ०२ बजेको साइत उत्तम रहेको छ ।

    दुर्गाको प्रसाद कोजाग्रत पूर्णिमाका दिनसम्म लगाउन सकिने शास्त्रीय नियम छ । यसरी १५ दिनसम्म नेपालीले बडा दशैँ पर्व भव्य रुपमा मनाउँछन् ।

    दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ ।

    प्रकाशित मिति :कार्तिक ६, २०८० सोमवार - १९:३७:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको