बिहिवार, कार्तिक १३ गते २०८३

दसैँको टीका–जमरा तेस्रो दिन पनि लगाइँदै

दसैँको टीका–जमरा तेस्रो दिन पनि लगाइँदै

रोदिक खबर

९, कार्तिक २०८०
  • 7.7K
    SHARES
  • दसैँको टीका–जमरा तेस्रो दिन पनि लगाइँदै

    काठमाडौं । दसैँको टीका तथा जमरा आज तेस्रो दिन पनि लगाइँदै छ । मंगलबार मुख्य दिन टीका लगाउन नभ्याउनेहरूले आज मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।

    नौ दिनसम्म दसैँ घर तथा पूजा कोठामा नवदुर्गाको पूजा आराधना गरी माता दुर्गा भवानीको प्रसादस्वरुप मान्यजनबाट मंगलबार टीका र जमरा ग्रहण गर्दै विजया दशमी मनाइएको थियो ।

    टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा छ । यद्यपि, नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिन मात्र टीका थाप्ने चलन छ ।

    अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ । दसैँ हिन्दू धर्मावलम्बीका अतिरिक्त बौद्ध धर्मावलम्बीहरूले समेत हर्ष र उल्लासका साथ मनाउने परम्परा छ ।

    प्रकाशित मिति :कार्तिक ९, २०८० बिहिवार - ०७:२७:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको