शुक्रवार, भाद्र २६ गते २०८३

बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ

बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ

रोदिक खबर

१४, कार्तिक २०८०
  • 10.4K
    SHARES
  • बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा पक्राउ

    खोटाङमा बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल तालखर्कका २१ वर्षीय प्रकाश पुरी छन् ।

    पुरीले ११ कार्तिकमा तालखर्कमै सानिआमा नाता पर्नेको घरमा आई बसेकी ९ वर्षीया बालिकालाई घरमा अभिभावकहरु नभएको अवस्थामा जबर्जस्ती करणी प्रयास गरेको भनि अस्थाई प्रहरी चौैकी तालखर्कमा जानकारी आएको थियो ।

    प्रहरीमा जानकारी आउनसाथ तालखर्कबाट प्रहरी टोली खटि पुरीलाई सोही दिन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताए ।

    पुरीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रनाउ खड्काले जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक १४, २०८० मंगलवार - ०९:०९:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको