• ट्रेण्डिङ:

देशभक्ति नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी शो कार्तिक १८ गते गाइघाटमा हुने

देशभक्ति नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी शो कार्तिक १८ गते गाइघाटमा हुने

रोदिक खबर

१५, कार्तिक २०८०
  • 8.5K
    SHARES
  • देशभक्ति नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी शो कार्तिक १८ गते गाइघाटमा हुने

    उदयपुर। देशभक्ति नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी शो  कार्तिक १८ गते गाइघाटमा हुने भएको छ । नेपाल र नेपालीको स्वभिमानलाई उजागर गर्ने चलचित्रको कार्तिक १८ गते शनिबार शुभलक्ष्मी चलचित्र  हल गाइघाटमा च्यरिटी सो हुने भएको चलचित्र काँडेतारका कलाकार, लेखक तथा निर्देशक  नवल खड्काले बताए ।

    a.jpg

    आगामी फागुन २५ गतेबाट देशभर सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्ममा गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरी, बाल कलाकारहरु नादिया खड्का, सनया खड्कालगायतको अभिनय रहेको छ ।

    फिल्मको मुख्य भूमिकामा निर्देशक खड्का पनि छन् । फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन र कविराज गहतराजको कोरियोग्राफी छ । मणि थापा र दीपक शर्माको सङ्गीत रहेको ‘काँडेतार’को छायाँकार सौरभ लामा हुन् ।

    तारा थापा ‘किम्भे’ र बन्दे प्रसादको सम्पादन रहेको फिल्ममा नवलसँगै माकिको राई र अञ्जु केसी निर्माताको रूपमा छन् भने कार्यकारी निर्माता गायिका सत्यकला राई हुन् । फिल्मको विदेशबाट पनि उच्च माग भइरहेको छ ।

    प्रकाशित मिति :कार्तिक १५, २०८० बुधवार - ०८:०४:४९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको