शुक्रवार, भाद्र २६ गते २०८३

कोसी सरकारमा माओवादी र नेकपा एसका एक/एक मन्त्री थपिए

कोसी सरकारमा माओवादी र नेकपा एसका एक/एक मन्त्री थपिए

रोदिक खबर

१७, कार्तिक २०८०
  • 5.7K
    SHARES
  • कोसी सरकारमा माओवादी र नेकपा एसका एक/एक मन्त्री थपिए

    काठमाडौं । कोसी प्रदेशमा केदार कार्कीको नेतृत्वमा रहेको सरकारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सहभागी भएका छन् । नेकपा माओवादीले गणेश उप्रेती र नेकपा एसका कमलप्रसाद जवेगूलाई सरकारमा सहभागी गराइएको हो । उनीहरु दुवै जनालाई आजै सपथ ग्रहण गराइएको छ ।

    यसैबीच कोसी सरकारमा सहभागी नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । पार्टी केन्द्रको निर्देशानुसार नै एमाले बाहिरिन लागेको स्रोतले जानकारी दियो । त्यसबारेमा औपचारिक निर्णय भने सोमबार बिहान बस्ने संसदीय दलको बैठकले गर्नेछ ।

    “सरकारमा माओवादी सहभागी हुने भएपछि हामी प्रतिपक्षमै बस्छौँ,” एमालेका एकजना प्रदेश सभा सदस्यले भने । एमालेका अर्का नेता रेवतीरमण भण्डारीका अनुसार मुख्यमन्त्रीसहित अन्य पार्टीका नेताहरुसँग पनि कुराकानी गरेर सोमबार बिहान बस्ने संसदीय दलको बैठकले मात्रै आवश्यक निर्णय गर्ने बताए ।

    मुख्यमन्त्रीमा केदार कार्की निर्वाचित भएपछि नेकपा एमालेका तर्फबाट एकजना मन्त्री सहभागी भएका थिए । उनलाई फिर्ता बोलाउने तयारी एमालेको रहेको छ । एमालेका रामबहादुर राना सरकारमा सहभागी छन् ।

    एमालेका ४० र कांग्रेसका ८ सांसदको समर्थनमा कार्की असोज २९ मा मुख्यमन्त्री नियुक्त भएका थिए । तर विश्वासको मत लिँदा एमाले, कांग्रेस, माओवादी केन्द्रका सबै सांसद कार्कीको पक्षमा उभिएका थिए ।

    प्रकाशित मिति :कार्तिक १७, २०८० शुक्रवार - २०:५९:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको