उदयपुर । नेपाल–भारत सिमा क्षेत्रका जनताका समस्यालाई चित्रण गरी तयार पारिएको नेपाली कथानक चलचित्र ‘काँडेतार’को च्यारेटी शो शनिबार उदयपुरको गाईघाटमा प्रदर्शनी गरिएको छ ।
सदरमुकामस्थित शुभलक्ष्मी चलचित्र हलमा प्रदर्शन गरिएको च्यारेटी शो मा दुई हजार सर्वसाधरणले हेरेका छन् ।
तीन वटा सिफ्टमा चलाइएको फिल्ममा त्रियुगा नगरपालिकाका नगरप्रमुख, उपप्रमुख , ताप्लि गाउँपालिका उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी लगायतका कार्यालय प्रमुख, जनप्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ताहरुले हेरेको नायक तथा निर्माता नवल खड्काले जानकारी दिए ।
फिल्ममा नेपाल र भारतको सीमा बिबाद, भारतीय पक्षबाट मिचिएको भुमि, त्यस क्षेत्रका नागरिक माथि गरिएको दुव्र्यवहार, ज्यादतीलाई चित्रण गरिएको फिल्म हेर्न पुगेका त्रियुगा नपाका नगरप्रमुख बसन्तकुमार बस्नेतले बताए । उनले राट्र, राष्ट्रियता र स्वाभिमानका मुद्धालाई फिल्मले अझ बढि उठाएको बताए ।
त्यसैगरी उपप्रमुख महेश्वरी राईले नेपाली भुमिमा भारतीय दादागिरीलाई फिल्मले उतार मात्र गरेको छैन् नेपाली राजनीतिलाई समेत राष्ट्र र राष्ट्रियताको सवालमा संम्बेदनशिल बन्न सन्देश दिएको बताईन । उनले असुरक्षित सिमालाई वोर्डर लाईन गरी काँडेतार लगाउन सरकारलाई सुझाब दिएको बताईन् ।
ताप्लिका गापाका उपाध्यक्ष धना मगरले सिमा क्षेत्रका महिला, बालबालिका सधै असुरक्षित भएरै त्रासमै जीवन बिताउनु परेको यथार्थ कथाबस्तुलाई समेटेको छ । उनले यसरी नै भारतीय पंक्षले जमिन मिच्दै जाने र त्यस क्षेत्रका नागरिकले ज्यादती सहदै जानु बाध्यतालाई प्रतिवाद गर्न फिल्मले सन्देश प्रवाह गरेको बताईन ।
सामना फिल्मस् प्रालिद्वारा निर्मित काँडेतार आउँदो फागुन २५ गतेदेखि देशैभर एकैसाथ प्रदर्शनमा ल्याउने तयारी भएको नायक तथा निर्माता नवल खड्काले जानकारी दिए ।
‘च्यारटी शो का लागि उदयपुर आईपुगेका नायक खड्काले देशभित्र र बाह्य शक्तिबाट ठूलै दबाब र प्रभावलाई छिचोल्दै प्रदर्शनीमा ल्याइएको बताए ।
उनले भने, ‘यो फिल्म प्रेम कहानीमा आधारित कथाबस्तु भन्दा पनि राष्ट्र, राष्ट्रियता र सिमामा छिमेकीको नेपालीमाथि भएको ज्यादतीका घटना र पीडामा आधारित छ, त्यसैले फिल्म रोक्न सबै क्षेत्र लागि परे । उनले फिल्म रोक्नका लागि पटक–पटक धम्की, आर्थिक प्रलोभनदेखि मानसिक टर्चरसमेत खेप्नु परेको बताए ।
‘भारतमा निर्माण भएको पछिल्लो सर्वाधिक गद्धर फिल्मजस्तै सुपरहिट कथा र विषयबस्तु समेटिएको छ’ निर्माता खड्काले भने, ‘सम्पूर्ण देशभक्ती आम नेपालीले एक पटक अवश्यक हेर्नुपर्ने चललचत्र काँडेतार हेर्न सबैलाई चुल्हे निम्तो ।’
गाईघाटसँगै बिभिन्न मुख्य सहरहरुमा पनि यसअघि च्यारिटी शो भइसकेको छ । राजधानी लगायत पूर्वको बिभिन्न सहरमा फिल्मको यसअघि नै शो भइसकेको नायक खड्काको भनाई छ ।
निर्माणचरणमा नै देशभित्र र वाह्यि शक्तिको अवरोधको जोखिम मोलेर फिल्म निर्माण गरिएको उनले बताए । यसअघि उस्तै कथामा आधारित दशगजा फिल्मी उद्योगमा ल्याइसकेका निर्माता खड्काले काँडेतारको क्रममा समेत सेन्सरशीप, प्रहरी र भारतीय खुफिया एजेन्सीका केही व्यक्तिहरुबाट आफूलाई बिभिन्न खाले दबाब आएको खुलाए ।
उनले नेपाललाई माया गर्ने र देशप्रेमको भावना जागृत गराउन यस्तै कथाबस्तु समेटेर फिल्म निर्माणमा निरन्तर अगाडि बढेको उनले बताए ।
नवल खड्का र शिवम् अधिकारीबाट लेखिएको चलचित्र नेपाल भारत विचको खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ ।
चलचित्रमा नवल खड्का, गौरव पहारी, रेविका गुरुङ र सुरविना कार्कीलाई कलाकारको रुपमा देख्न सकिने छ ।
यसैगरी मुरली धर, प्रेम सुब्बा, परशुराम चौधरी, संजय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश अनुराग, प्रेम कार्की, महेश गिरी र बाल कलाकार नादिया खड्का र सनया खड्का आदि कलाकारहरूको अभिनय रहेको छ ।
निर्देशक खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको चलचित्रमा सौरभ लामाको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य, मणि थापा, दीपक शर्माको सङ्गीत रहेको छ ।
कार्यकारी निर्माता सत्यकला राई रहेको चलचित्रमा शिवम अधिकारी र नवल खड्काको लेखन रहेको छ ।