बिहिवार, कार्तिक १३ गते २०८३

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्प पीडितका लागि ११ लाख ५१ हजार पठायो

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्प पीडितका लागि ११ लाख ५१ हजार पठायो

रोदिक खबर

२०, कार्तिक २०८०
  • 18.3K
    SHARES
  • हलेसी तुवाचुङ नगरपालिकाले भूकम्प पीडितका लागि ११ लाख ५१ हजार  पठायो

    हलेसी तुवाचुङ नगरपालिका खोटाङका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले जाजरकोट र रुकुमका भूकम्पपीडित परिवारका लागि राहतस्वरुप आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

    नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकगरी ७०४ जना व्यक्तिले नियमित पाउने दुई दिनको तलबभत्ता नगरपालिकाको तर्फबाट कटाएर ११ लाख ५१ हजार १०० भूकम्पपीडितका लागि राहतस्वरुप आर्थिक सहयोग रकम उपलब्ध गराएको हो ।

    भूकम्पपीडितका लागि राहतस्वरुप सङ्कलन गरिएको रकम प्रधानमन्त्री दैविप्रकोप उद्दार कोषमा जम्मा गरिएको नगर प्रमुख विमला राईले जानकारी दिईन।

    “कातिक–१७ गते राति ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले जाजरकोट, रुकुम र आसपासका जिल्लाहरुमा ठूलो जनधनको क्षति भएको छ ।

    यसप्रति हाम्रो नगरपालिका दुःख व्यक्त गर्दछ । यो संवेदनशील घडीमा नगर कार्यपालिकाको कातिक–१९ गते बसेको बैठकको निर्णयअनुसारले जनप्रतिनिधि, कर्मचारी र शिक्षकले पाउने दुई दिनको तलबभत्ता कटाएर भूकम्पपीडितका लागि राहतस्वरुप ११ लाख ५१ हजार १०० रकम उपलब्ध गराइएको छ”, नगर प्रमुख राईले जारी गरको विज्ञप्तिमा भनिएको छ, ।

    “भूकम्पका कारण मृत्यु भएका व्यक्तिहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना व्यक्त गर्दछौँ ।”

    दश स्थानीय तह रहेको खोटाङ जिल्लाबाट जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत स्वरुप सहयोग रकम उपलब्ध गराउने हलेसी तुवाचुङ नगरपालिका पहिलो बनेको छ । जिल्लाका अन्य स्थानीय तहले पनि जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत रकम उपलब्ध गराउने तयारी गरिरहेको बुझिएको छ ।

    प्रकाशित मिति :कार्तिक २०, २०८० सोमवार - २२:१०:२१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको