शिक्षा विकास तथा समन्वय इकाई खोटाङका कार्यालय प्रमुख शैलेन्द्र बहादुर थापालाई जिल्ला प्रहरी कार्यालय खोटाङले नियन्त्रणमा लिएको छ ।
आफ्नै श्रीमतीको उजुरीका आधारमा गएराती २ बजे थापालाई दिक्तेलस्थित आफ्नै निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो । परिवारमा घरेलु हिंसा गरेको र पक्राउ गरिदिन भन्दै थापाकी श्रीमती गएराती प्रहरीमा पुगेपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रहरी कार्यालयमा थापा र श्रीमतीबीच छलफल भईरहेको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए । पीडितको कुराका आधारमा निर्णय हुने कार्कीले बताए ।