शुक्रवार, भाद्र २६ गते २०८३

तिहारको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र गोरुको पूजा गरिंदै

तिहारको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र गोरुको पूजा गरिंदै

रोदिक खबर

२८, कार्तिक २०८०
  • 7.9K
    SHARES
  • तिहारको चौथो दिन गोवर्द्धन पर्वतसँगै बलि, हली र गोरुको पूजा गरिंदै

    खोटाङ । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।

    कात्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बलि, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घरआँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

    द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन् ।

    गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।

    प्रकाशित मिति :कार्तिक २८, २०८० मंगलवार - ०९:२६:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको