शुक्रवार, भाद्र २६ गते २०८३

"बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीँड सामाजिक संजाल"

"बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीँड सामाजिक संजाल"

रोदिक खबर

२९, कार्तिक २०८०
  • 7.5K
    SHARES
  • "बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीँड सामाजिक संजाल"

    युवराज रोइला

    अहिलेको युग प्रविधिको युग हो । व्यक्तिगत वाक स्वतन्त्रता नेपालको संविधानले दिएकै छ । प्रविधिको प्रयोग गरेर जुनसुकै व्यक्तिले उसको बौद्धिक क्षमताको विकास गर्न सक्छ । बौद्धिक क्षमता भएको मानिसले सर्वप्रथम आफू स्वयमलाई बुझ्छ ।

    त्यसपछि क्रमशः उसले परिवार बुझ्छ, परिवारका सदस्य बुझ्छ, समाज बुझ्छ, समाजका सदस्य बुझ्छ, राष्ट्र बुझ्छ र राष्ट्रका सदस्य बुझ्छ । वर्तमान परिप्रेक्ष्यमा प्रविधिको अधिकांश प्रयोगकर्ताहरुमा माथि उल्लेखित कुराहरुको ज्ञानको परिपक्वता नभएको पाईन्छ ।

    जसले परिवार, परिवारको सदस्य, समाज, समाजको सदस्य, राष्ट्र, राष्ट्रको सदस्य आदि कुराको बारेमा ज्ञान राख्दैन त्यस्ता व्यक्तिहरुले अहिलेको अवस्था सिर्जना गरेका हुन ।

    प्रविधिको प्रयोग गर्ने तर प्रविधिले परिवार, समाज र सिंगो राष्ट्रलाई पार्ने दूरगामी असर र प्रभावको बारेमा चेतना नहुने, प्रविधिको प्रयोग गर्ने तर कन्टेण्ट के पस्किने चेतना नहुँने, बरु लाइक्स र कमेन्टको ध्यान दिने आदि कारणले आजको अवस्था सिर्जना भएको हो ।

    प्रविधिको विकास हुनुपू्र्व चिट्ठीपत्रको जमाना थियो । एक ठाउँबाट अर्को ठाउँमा चिट्ठीपत्र पुग्न कतै महिनौं लाग्थ्यो त कतै वर्ष पनि लाग्थ्यो । तर जति समय लागेपनी चिट्ठीपत्रप्रति मानिसको छुट्टै विश्वास थियो ।

    एक ठाउँबाट अर्को ठाउँमा चिट्ठी पुग्दा गलत र भ्रामक सन्देश प्रवाह हुँदैन थियो । चिट्ठी आउँदा मानिसहरुले स्वयम् प्रेषक नै प्रापक समक्ष आएझैँ हुन्थ्यो ।

    तर अहिले प्रविधि प्रयोगकर्ताहरुलाई सरसरती हेर्ने हो भने व्यक्तिको चरित्र हत्या गर्ने, परिवार, सामाज र सिंगो राष्ट्र र राष्ट्रियता प्रतिकुलका अमर्यादित र अमानवीय जस्ता कार्यमा लागेको पाईन्छ ।

    त्यही प्रविधी हो जसको प्रयोगले मानिसले परिवार बनाउँछ, समाज बनाउँछ र फलस्वरूप सिंगो राष्ट्र बन्छ र राष्ट्रियता जोगाउँछ ।

    उदाहरणका रुपमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ, धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र काठमाडौं महानगरपालिका मेयर बालिन्द्र शाह (बालेन) लिन सकिन्छ ।

    एक हिसाबले सरकारले सामाजिक संजाल टिकटकलाई बन्द गर्ने निर्णय गर्नु उचित नै हो । कुन अर्थमा उचित भने प्रविधि (टिकटक)को दुरुपयोग गरि परिवार बिथोल्ने, समाजमा अमर्यादित, उछृङखल र संवेदनाहिन कार्य गर्ने जस्ता मानवको नामका पशुतुल्य मानवका निम्ति यो नै एक उचित कडी हो । तर एक हिसाबमा सरकारको यो कार्य गलत पनि छ भन्न्न सकिन्छ ।

    किनकि जसले टिकटकको माध्यमबाट परिवार र समाजमा चेतना फैलाउँछ, वरिवार, सामाज र राष्ट्र बुझेको छ, मानवीय संवेदनाहिन भएको छैन, अमर्यादित र उछृङ्खल व्यवहारबाट टाढा छ आदि गरिएका मानिसका निम्ति यो निर्णय गलत हुन जान्छ ।

    अन्तमा सामाजिक संजाल टिकटक मात्र नभई फेसबुक, इन्टाग्राम, टुईटर लगाएत सामाजिक संजाललाई समेत बन्द हैन नियमन गरिनु जरुरी छ ।

    जसले गर्दा व्यक्तिको वाक स्वतन्त्रताको समेत कदर हुने देखिन्छ । सामाजिक संजाल बुढापाकाको उखान जस्तो, "बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बीँड ।"

    प्रकाशित मिति :कार्तिक २९, २०८० बुधवार - ०७:२४:१० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको