• ट्रेण्डिङ:

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भूकम्प पीडितको सहयोगार्थ राहत रकम पठाउने निर्णय

दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भूकम्प पीडितको सहयोगार्थ राहत रकम पठाउने निर्णय

रोदिक खबर

८, मंसिर २०८०
  • 8.6K
    SHARES
  • दिप्रुङ चुइचुम्मा गाउँपालिकाले भूकम्प पीडितको  सहयोगार्थ राहत रकम पठाउने निर्णय

    खोटाङ। खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प पीडितको सहयोगार्थ राहत रकम पठाउने निर्णय गरेको छ । गत कात्तिक १७ गते राती गएको भूकम्पबाट आफन्त गुमाएका, घाइते तथा विस्थापित भएका पीडितको पुःर्नवास लगायतका व्यवस्थापनका लागि गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको तलव तथा सेवासुविधा कटाएर सहयोग रकम पठाउने निर्णय गरेको हो ।

    शुक्रबार गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको संयोजकत्वमा बसेको जनप्रतिनिधि, कर्मचारी र प्रधानाध्यपकको संयुक्त अन्तरक्रिया कार्यक्रमले सहयोग पठाएर भूकम्प पिडितको घाउमा मल्हमपट्टी गर्ने निर्णय गरेको निमित्त प्रमुख प्रशासकीय अधिकृत पिएस्पी चाम्लिङ राईले जानकारी दिए ।

    भूकम्प पिडितका लागि गाउँपालिकाका जनप्रतिनिधिको ५ दिन बराबरको सेवासुविधा, प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको ५ दिन बराबरको, योजना शाखा प्रमुखको ४ दिन बराबरको, शाखा प्रमुखहरुको ३ दिन बराबरको, गाउँपालिका र गाउँपालिका अन्तरगतका कार्यालयमा कार्यरत कर्मचारीको २ दिन बराबरको, सामुदायीक विद्यालयमा कार्यरत शिक्षकको २ दिन बराबरको र सामुदायीक विद्यालयमा कार्यरत लेखा कर्मचारी, कार्यालय सहयोगी, बाल विकास सहयोगी कार्यकर्ताको १ दिन बराबरको तलव कटाएर सहयोग स्वरुप पठाउने तयारी गरिएको छ ।

    जाजरकोटको बारेकोट गाउँपालिका १ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको छ । बैठकले सामुदायिक विद्यालयमा कार्यरत आधारभुत र माबि तहका गणित शिक्षकको विषयगत क्षमता अभिबृद्धिका लागि मंसिर २४ गतेदेखि मंसिर २९ गतेसम्म विज्ञाद्धारा तालिम सञ्चालन गर्ने, सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर उकास्न विद्यार्थी मूल्यांकन कार्यक्रमलाई अझ व्यवस्थित र पारदर्शी बनाउने लगायतका निर्णय गरिएको छ ।

    प्रकाशित मिति :मंसिर ८, २०८० शुक्रवार - २०:४१:४३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको