• ट्रेण्डिङ:

प्रधानमन्त्री ‘प्रचण्ड’ युएईबाट आज साँझ स्वदेश फर्किने

प्रधानमन्त्री ‘प्रचण्ड’ युएईबाट आज साँझ स्वदेश फर्किने

रोदिक खबर

१७, मंसिर २०८०
  • 5.9K
    SHARES
  • प्रधानमन्त्री ‘प्रचण्ड’ युएईबाट आज साँझ स्वदेश फर्किने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईबाट आज स्वदेश फर्किंदै छन् । उनी फ्लाई दुबईको उडानमार्फत् आज साँझ ६ बजे काठमाडौं आइपुग्ने छन् । यूएईको दुबईमा आयोजित जलवायु सम्बन्धी सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते काठमाडौंबाट प्रस्थान गरेका थिए ।

    शनिबार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनमा नेपालको नगन्य योगदान हुँदा पनि असर भने धेरै भोग्नुपरेको भन्दै यस्तो अन्यायपूर्ण अवस्था अन्त्य हुनुपर्ने बताएका थिए ।

    त्यही दिन प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार  जलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गरेका थिए । सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गरेका थिए ।

    प्रकाशित मिति :मंसिर १७, २०८० आइतवार - ०९:०६:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको