• ट्रेण्डिङ:

देशभरमा थप एक हजार ३९ जनामा संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

देशभरमा थप एक हजार ३९ जनामा संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?

रोदिक खबर

२८, भाद्र २०७७
  • 2.0K
    SHARES
  • देशभरमा थप एक हजार ३९ जनामा संक्रमण पुष्टि, कहाँ कति थपिए संक्रमित ?


    काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १ हजार ३९ जना कोरोना संक्रमित बढेका छन्।

    थपिएको यो संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार ९१९ पुगेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार १७३ जना कोरोना संक्रमण मुक्त भएका छन्।  कुल डिस्चार्ज हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ।

    यो संख्या कुल संक्रमितको ७१ दशमलव पाँच प्रतिशत रहेको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित मिडिया प्रेस ब्रिफिङका क्रममा जानकारी दिए।

    आजसम्‍मको तथ्यांकअनुसार देशभरमा १५ हजार २१७ सक्रिय संक्रमित छन्।  पछिल्लो २४ घण्टामा ९ हजार १६५ वटा पिसिआर परीक्षण भएको पनि प्रेस ब्रिफिङका क्रममा उनले जानकारी दिए।

    कहाँ कति थपिए संक्रमित ?

    काठमाडौं उपत्यकामा मात्र ५९७ जनामा संक्रमि थपिएका छन्, जसमध्ये काठमाडौंका ४८३ जना, भक्तपुरका ८१ जना र ललितपुरका ३३ जना छन् । यससँगै ललितपुर र भक्तपुरमा पनि संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ ।

    यस्तै मोरङका ७१ जना, बर्दियाका ६१, धादिङका ३४, रुपन्देहीका ३१, चितवन र लमजुङका २७/२७ जना, सर्लाही २२, नवलपुरका २०, बाँकेका १७, धनुषा र कञ्चनपुर १४/१४ जना तथा नुवाकोटका ९ जनामा संक्रमण पुष्टि भएको छ ।

    नवलपरासीका ८ जना, कास्की, गोरखा, तनहुँ, सुर्खेत र कैलालीका ७/७ जना, स्याङ्जाका ५ जना, पर्सा, बारा र कपिलवस्तुका ४/४ जना, सुनसरी, महोत्तरी, सिराहा र डडेलधुराका ३/३ जना, खोटाङ, सप्तरी, रामेछाप, गुल्मी, प्युठान, जुम्ला र अछामका २/२ जना तथा उदयपुर, झापा, रौतहट, काभ्रे, सिन्धुपाल्चोक, दाङ, पाल्पा, दैलेख र रुकुम पश्चिमका १/१ जनामा पनि कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    प्रकाशित मिति :भाद्र २८, २०७७ आइतवार - १७:५९:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको