खोटाङ । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन खोटाङको अध्यक्षमा गुरुप्रसाद ढकाल चयन भएका छन् । जिल्ला समन्वय समिति दिक्तेलको सभा हलमा शनिबार सम्पन्न दोस्रो अधिवेशनले ढकालको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा सिताराम श्रेष्ठ, सचिवमा रञ्जन खडका, सहसचिवमा सन्तोष बस्नेत र कोषाध्यक्षमा विश्वराज मगर चयन भएका छन् ।
सदस्यहरुमा हर्क बहादुर दर्जी, संजीव गुरुङ, भद्रबहादुर विश्वकर्मा, सुनिल विक, अर्जुन राई, लिलानाथ दर्जी, उमेश राई, होमकिशोर कसजु, केदार आचार्य, खगेन्द्र भट्टराई र चन्द्रबहादुर श्रेष्ठ चयन भएका छन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाह, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन केन्द्रीय सदस्य विदुरसिंह तामाङ, संगठन कोशी प्रदेश अध्यक्ष गौरी लामा, नेकपा (एमाले) खोटाङ अध्यक्ष राम दंगाल, उपसचिव सुरेन्द्रकुमार राई, संगठनका कोशी प्रदेश सचिव महेश घिमिरे, अधिवक्ता ओमप्रकाश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।