खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा प्रारम्भिक वालविकास शिक्षकहरुका लागि सञ्चालित ७ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । वालविकास शिक्षकहरुको शिक्षण सिकाइलाई सुधार गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सहभागिता वृद्धि गरी थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको तालिम शनिवार सम्पन्न भएको हो ।

पालिका भित्रका २६ वटा सामुदायिक विद्यालयमा कार्यरत २७ जना प्रारम्भिक वालविकास शिक्षकहरु सहभागी रहेको तालिमको सहजीकरण परामर्शदाता सोनी पौडेल (तामाङ) ले गरेको प्रयास नेपालका कार्यक्रम अधिकृत राजकुमार रिजालले जानकारी दिए । जी फाउण्डेसनको आर्थिक सहयोग तथा गाउँपालिकासँगको समन्वयमा प्रयास नेपालले गाउँपालिकाको सभा हलमा तालिम सञ्चालन गरेको जनाइएको छ ।

प्रयास नेपालका अध्यक्ष गुप्तीलक्ष्मी राईको अध्यक्षता तथा ऐसेलुखर्क गाउँपालिकाका कार्यवाहक अध्यक्ष टेकेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडा नम्बर-७ का वडाध्यक्ष अरुण राई, जी फाउण्डेशनका पूर्व जिल्ला संयोजक ज्ञानबहादुर भट्टराई, सिम्ले मा.बि.जलेश्वरीका प्रधानाध्यपक निरकुमार कट्टेल, नाहिमा वन तथा नर्शरी प्रोपाइटर किशोर राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले यस तालिममा सिकेका कुराहरुलाई विद्यालयमा गएर व्यवहारमा उर्तान सुझाव दिएका थिए ।
