खोटाङ। खोटाङमा लोक दोहोरी गाउँदै ज्येष्ठ नागरिक दिवस मनाइएको छ । ज्येष्ठ नागरिक संघको आयोजनामा बुधबार दिक्तेलमा लोक दोहोरी गाउँदै तेश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइएको हो ।
भजन गाउँदै दिक्तेलबजार परिक्रमापछि मन्दीरडाँडामा लोक दोहोरी गाउँदै दिवस मनाइएको हो । भजन गाउँदै हिँडेको वृद्धवृद्धाको ¥याली भानुचोक, त्रिबेणीचोक, हेलीप्याड हुँदै मन्दीरडाँडा पुगेको थियो । ¥यालीमा ज्येष्ठ नागरिक नाचगान गर्दै हिँडेका थिए । दिवसको अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र्र खोटाङले स्वास्थ्य जाँच गर्दै ज्येष्ठ नागरिकलाई शक्तीवद्र्धक औषधि वितरण गरेको थियो ।