शुक्रवार, भाद्र २६ गते २०८३

हाम्रो देशमा स्रोत साधनको अभाव होइन नीतिको अभाव छ : उपाध्यक्ष डा.रोका

हाम्रो देशमा स्रोत साधनको अभाव होइन नीतिको अभाव छ : उपाध्यक्ष डा.रोका

रोदिक खबर

१५, पौष २०८०
  • 8.6K
    SHARES
  • हाम्रो देशमा स्रोत साधनको अभाव होइन नीतिको अभाव छ :  उपाध्यक्ष डा.रोका

    युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकाले हाम्रो देशमा स्रोत साधनको अभाव होइन नीतिको अभाव भएको बताएका छन् । जिल्ला सहकारी संघ खोटाङको शनिवार दिक्तेलमा भएको चौथो बार्षिक साधारण सभाको उद्घाटन सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उपाध्यक्ष रोकाले कतिपय कानूनी अप्ठ्याराहरु छन् त्यसले हाम्रो प्रगतिलाई रोकिरहेको छ त्यसकारण नीतिगत र कानूनी परिवर्तनको आवश्यक रहेको बताएका हुन् ।

    हाम्रो देशमा स्रोत साधनको पर्याप्तता छ, हामीसँग असीमित आर्थिक क्षमता र उर्जित सपना बोकेका युवा जनशक्ति छ तर गलत मौद्रिण नीतिका कारण गाउँहरु रित्तिदै गएको उपाध्यक्ष रोकाले उल्लेख गरे । सहकारी ग्रामीण भेगको अर्थतन्त्रको मेरुदण्ड भएकोले जिल्लाका सहकारीहरुले अव उत्पादनसंग जोड्नुपर्छ,–उपाध्यक्ष रोकाले भने किसानको गोजीमा पैसा पु¥याउने जिम्मा सहकारीले लिनुपर्छ । उनले स्थानीय सरकारले पनि उद्यामशील र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विसन राईले उत्पादनसँग जोड्न सकियो भने मात्र परिवर्तन संभव रहेको बताए ।  प्रमुख जिल्ला अधिकारी प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले सहकारी संंस्थाहरुलाई तीन खम्बे अर्थ नीतिका रुपमा लिइदै आएको बताउदै इमानदारिता, पारदर्शिता, खुलापन, सामाजिक उत्तरदायित्व, समन्याय र लोकतान्त्रिक मूल्य मान्यता हुनुपर्ने बताए । 

    a.jpg

    जिल्ला सहकारी संघका अध्यक्ष मिलन चाहारको अध्यक्षतामा भएको साधारण सभा उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस खोटाङका प्रतिनिधि उमेशचन्द्र आचार्य, एमालेका युवा नेता गोपालचन्द्र आचार्य, प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, सहकारीका तर्फबाट गंगाधर कार्की लगायतले आ–आफ्नो धारणा राखेका थिए ।

    प्रकाशित मिति :पौष १५, २०८० आइतवार - १९:२७:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको