शुक्रवार, भाद्र २६ गते २०८३

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

रोदिक खबर

१६, पौष २०८०
  • 7.2K
    SHARES
  • आजबाट अंग्रेजी नयाँ वर्ष सन् २०२४ सुरु

    खोटाङ । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२४ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । ग्रेगोरियन पात्रोअनुसार सन् २०२३ को विदाइ र नयाँ वर्ष सन् २०२४ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् ।

    यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ । इस्वी संवतको नयाँ वर्षको अवसरमा नेपालमा पनि शुभकामना आदानप्रदान, सांगीतिक प्रस्तुतीलगायतका विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।

    विश्वभरका नेताहरुले नयाँ वर्षको शुभकामना दिँदै विश्वमा शान्ति र समृद्धिको कामना गरेका छन् । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ।

    प्रकाशित मिति :पौष १६, २०८० सोमवार - ०९:५९:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको