शुक्रवार, भाद्र २६ गते २०८३

तामाङको हत्या अभियोगमा श्रीमान–श्रीमति पक्राउ

तामाङको हत्या अभियोगमा श्रीमान–श्रीमति पक्राउ

रोदिक खबर

१८, पौष २०८०
  • 8.7K
    SHARES
  • तामाङको हत्या अभियोगमा श्रीमान–श्रीमति पक्राउ

    खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका नाखामकी ३६ वर्षीया पवित्रा तामाङको कर्तव्य गरी फरार रहेका मुख्य कसुरदार सोही नगरपालिका अन्तर्गत जालपाका ३५ वर्षीय दिपक श्रेष्ठ र मतियार श्रेष्ठकी श्रीमति २५ वर्षीया सृजना राईलाई बुधबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीको प्राविधिक तवरको अनुसन्धानबाट अज्ञात अभियुक्तहरुको पहिचान गरी कसुरदार श्रेष्ठ र मतियार राईलाई ललितपुर महानगरपालिका–३ बोजेपोखरीबाट पुस ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिए ।

    p1.jpg

    घट्नास्थल भन्दा १० मिटर उत्तरतर्फ रहेको स्कुसको झाडीभित्र कसुरदारका काका हस्त बहादुर श्रेष्ठको हतौडा, जालपाका डम्बर बहादुर श्रेष्ठबाट मृतक तामाङको नाकको सुनको फुली, जनसेवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाटै मृतकको सुनको बेरुवा रिङ्ग र कसुरदारको ससुरा केपिलासगढी गाउँपालिका–७ सुङदेल सिगाने टोलका ५७ वर्षीय राज बहादुर राईबाट मृतकको मोवाइल फोन बरामद गरिएको गरेको प्रनाउ खड्काले जानकारी दिए ।

    बरामद गरिएको हतौडा परिक्षणका लागि विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाण्डौ पठाईएको छ । हत्याको उद्देश्य आर्थिक लाभ र अनैतिक सम्बन्ध देखिएको पत्रकार सम्मेलनमा जनाईएको छ । तामाङको हत्या गरी दम्पत्तीले गर–गहना लुटेर विभिन्न ठाउँमा विक्रीका लागि पु¥याएको अनुसन्धानबाट देखिएको छ । मृतक तामाङको चारजना छोरीहरु छन् । कान्छी छोरी आमासँग बस्दै आएकी थिइन् ।

    मङ्सिर–१९ गते रातिदेखि बेपत्ता भएकी तामाङ पुस ३ गते घरबाट अन्दाजी तीन सय मिटर दुरीमा रहेको बर्खे गोठमा रहेको पात्लेको पत्करले छोपिएको अवस्थमा मृत भेटिएकी थिइन् । घरबाटै बेपत्ता बनेकी तामाङको खोजीका लागि परिवारले मङ्सिर–२३ गते प्रहरीलाई खबर गरेका थिए । आफन्त तथा प्रहरीले खोजी गर्दा नभेटिएकी तामाङ १५ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत फेला परेकी थिइन् । उनी श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बस्दै आएकी थिइन् ।

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - २२:०९:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको