शुक्रवार, भाद्र २६ गते २०८३

कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

रोदिक खबर

२२, पौष २०८०
  • 7.2K
    SHARES
  • कोसी प्रदेशको मुख्य न्यायाधिवक्तामा कोइराला

    मोरङ । कोसी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्य न्यायाधिवक्तामा रुपेश कोइरालालाई नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङले प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा नेपालको संविधानको धारा, १६० को उपधारा (२) बमोजिम विराटनगर महानगरपालिका–९ निवासी कोइरालालाई आइतबार उक्त पदमा नियुक्त गरेका हुन् ।

    उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहमा नवनियुक्त मुख्य न्यायाधिवक्ता कोइरालालाई पद तथा गोपनीयताको शपथ गराए । त्यस अवसरमा प्रदेश प्रमुख खापुङ, मुख्यमन्त्री कार्की, प्रदेशका मन्त्री तथा प्रदेश मन्त्रालय र निकायका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो । रासस

    प्रकाशित मिति :पौष २२, २०८० आइतवार - १९:३८:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको