• ट्रेण्डिङ:

खिदिमाका २७ स्थानमा डष्टबिन राखियो

खिदिमाका २७ स्थानमा डष्टबिन राखियो

रोदिक खबर

२४, पौष २०८०
  • 8.0K
    SHARES
  • खिदिमाका २७ स्थानमा डष्टबिन राखियो

    साकेला । खोटाको साकेला गाउँपालिका–३ खिदिमामा २९ स्थानमा डष्टबिन राखिएको छ । साकेला गाउँपालिकालाई पूर्ण रुपमा सरसफाईमैत्री पालिका निर्माण गर्ने अभियान अन्तर्गत खिदिमाका विभिन्न २९ स्थानमा डष्टबिन राखिएको हो ।

    गाउँपालिकाले सरकारी तथा गैरसरकारी कार्यालय, बजारक्षेत्र, पार्क, धार्मिकस्थल, विद्यालय र संघसंस्थाहरुमा फोहोरमैला व्यवस्थापन गर्नका लागि डष्टबिन राखेको हो ।

    गाउँपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनका लागि हरेक वर्ष बजेट बिनियोजन गरि सरसफाईको क्षेत्रमा काम गर्दै आएको छ । गाउँपालिकालाई केही वर्षभित्र नै सरसफाईको क्षेत्रमा उत्कृष्ट बनाउने योजना मुताबिक विभिन्न सरसफाईको कार्य गरिँदै आएको गाउँपालिकाले जनाएको छ ।

    पाँच वटा वडा भएको साकेला गाउँपालिकामा फोहोरमैलाको दिगो व्यवस्थापनका लागि वडा नम्बर ३ खिदिमामा सटिङ साईड समेत निर्माणको क्रममा रहेको छ । विभिन्न स्थानहरुबाट निस्किएको फोहोरलाई उक्त स्थानमा पु¥याई कुहिने, नकुहिने, प्लाष्टिक र सिसाजन्य फोहोरहरुको व्यवस्थापन गरिने छ । अन्य वडाहरुमध्ये रतन्छा, मात्तिम र बाँझेच्यानडाँडाका विभिन्न स्थानहरुमा यस अघि नै डष्टबिन राखि सकिएको छ ।

    गाउँपालिकालाई ‘सुसंस्कृत, संस्थागत र समृद्ध’ बनाई पूर्ण रुपमा ‘सरसफाईमैत्री पालिका’ निर्माण गर्ने गाउँपालिकाको भावि लक्ष्य छ । गाउँपालिका प्रमुख रविप्रकाश राईको नेतृत्वमा सरसफाईको क्षेत्रमा हरेक गतिविधि हुँदै आएको छ । पालिकाले सुरु गरेको फोहोरमैला व्यवस्थापनको कार्यमा स्थानीय नागरिकदेखि जनप्रतिनिधि र सरोकारवाला नागरिकहरुको महत्वपूर्ण साथ मिलेको छ ।

    पालिकालाई सुसंस्कृत, संस्थागत र समृद्ध बनाउन सरकारले चाहेर मात्र हुँदैन, नागरिक आफै अग्रसर र जिम्मेवार बन्नुपर्छ, अनिमात्र हामीले देखेको सपना पूरा हुन्छ,–अध्यक्ष राईले भने–सपना देखिसकेपछि योजना बनाएर काम गर्नुपर्छ यसका लागि नागरिकले साथ दिनुपर्छ । फोहोरमैला व्यवस्थापन र पूर्ण सरसफाईको कार्य पालिकाका सबै वडा र टोल तथा बस्तीहरुमा नियमित रुपमा गरिँदै आईएको छ ।

    प्रकाशित मिति :पौष २४, २०८० मंगलवार - १७:२०:५३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको