शुक्रवार, भाद्र २६ गते २०८३

व्यवस्थित गर्नसके युट्युबले समग्र पत्रकारितालाई अगुवाइ गर्नसक्छ : अध्यक्ष बस्नेत

व्यवस्थित गर्नसके युट्युबले समग्र पत्रकारितालाई अगुवाइ गर्नसक्छ : अध्यक्ष बस्नेत

रोदिक खबर

२६, पौष २०८०
  • 7.0K
    SHARES
  • व्यवस्थित गर्नसके युट्युबले समग्र पत्रकारितालाई अगुवाइ गर्नसक्छ : अध्यक्ष बस्नेत

    काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युबमार्फत पत्रकारिता गर्ने हो भने व्यवस्थित हुन र पत्रकार आचारसंहिता पालना गर्न अनिवार्य भएको बताएका छन् । बिहीबार काउन्सिलको आयोजनामा सञ्चारग्राममा भएको युट्युब व्यवस्थापनका सन्दर्भमा आचारसंहिता अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले अहिले नेपालको पत्रकारितालाई अगुवाइ गर्न युट्युबमार्फत गरिने मर्यादित पत्रकारिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    नेपालको पत्रकारितामा युट्युबको प्रत्यक्ष प्रभाव बढ्दै गएकाले पत्रकारिता गर्ने हो भने युट्युबको सञ्चालन व्यवस्थित गर्न जरुरी भएको उनको भनाइ थियो । ‘तपाईंहरू युट्युबबाट नै पत्रकारिता गर्छु भन्ने सोच्नुभएको छ भने त पत्रकारिताका मूल्य मान्यताअनुसार चल्नुस् र पत्रकारिता कर्म गर्नुस् ।

    कसैले तपाईंमाथि प्रश्न उठाउँछ भने हामी साथमा छौँ’ उनले भने । प्रेस काउन्सिल सबै पत्रकारको अभिभावक संस्था भएकाले युट्युबमार्फत पत्रकारिता गर्नेको पनि अभिभावक भएको प्रस्ट पार्दै उनले युट्युबका समस्या समाधान गर्ने विषयमा काउन्सिलले सधैँ गम्भीरतापूर्वक भूमिका निर्वाह गर्ने गरेको बताए ।

    कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले समाजले नयाँ कुरालाई सहजै स्वीकार्न नसक्ने भन्दै हिजो पत्रपत्रिका, रेडियो र अनलाइनले भोगेको समस्या अहिले युट्युब सञ्चालकले भोगेको बताए । उनले सम्पादन बिनाको सामग्री सञ्चार सामग्री नहुने भन्दै युट्युबरलाई सिकाएर प्रोत्साहन गर्न आवश्यक रहेको बताए ।

    युट्युबर सञ्चार क्षेत्रकै सदस्य भएको भन्दै उनले नियमसंगत व्यवस्थित सञ्चालन भई पूर्ण सदस्य बन्न सञ्चालकहरूलाई आग्रह गरे । काउन्सिलले करिब ५० वटा युट्युब माध्यमका सञ्चालक र प्रतिनिधिहरूलाई तालिमसहितको अभिमुखीकरण कार्यक्रम गरेको हो ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - २०:४४:३० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको