शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङमा सुमो दुर्घट्ना हुँदा पाँचजना घाईते

खोटाङमा सुमो दुर्घट्ना हुँदा पाँचजना घाईते

रोदिक खबर

२९, पौष २०८०
  • 10.9K
    SHARES
  • खोटाङमा  सुमो दुर्घट्ना हुँदा  पाँचजना घाईते

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित हाईवेमा सुमो दुर्घटना हुँदा पाँचजना घाईते भएका छन् ।

    आईतबार दिउँसो साँढे ३ बजे दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको ना १ ज ६२१९ नम्बरको सुमो मध्यपहाडी लोकमार्ग अन्र्तगत बाम्राङको घुम्तीमा अनियन्त्रित भई सडकबाट तल्लो सडकमै खस्दा पाँचजना घाईते भएका हुन् ।

    घाईते हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल सोल्माका ४० वर्षीय जमानसिंह तामाङ, सोही नगरपालिका–१२ जालपाका ४५ वर्षीय धन बहादुर राई, जालपाकै ५८ वर्षीय चन्द्र बहादुर राई, जालपाकै २८ वर्षीय आशिष राई घाईते भएको प्रहरीले जनाएको छ । घाईते आशिष गाडीका साहु र चालक हुन् ।

    यस्तै, सप्तरी राजविराज नगरपालिका–२ राजविराजकी २५ वर्षीया भुमिका झा घाईते भएकी छन् । सामान्य घाईते भएका पाँच जनाकै जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

    प्रकाशित मिति :पौष २९, २०८० आइतवार - १८:१६:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको