• ट्रेण्डिङ:

आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण सुरु

आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण सुरु

रोदिक खबर

१, माघ २०८०
  • 6.6K
    SHARES
  • आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण सुरु

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाको आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माणको तयारी गरिएको छ । जी फाउण्डेसन नेपालको आर्थिक सहयोगमा सिटिजन डेभलप्मेन्ट सोलुसन भक्तपुरले चार महिनाभित्र सम्पन्न गर्नेगरी गाउँपालिकाको आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माणको जिम्मा लिएको छ ।

    स्थानीय सरकारलाई नीति निर्माणमा सहयोग गर्ने उद्धेश्यले आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माणको काम सुरु गरिएको हो । आइतबार गाउँपालिकाकै आयोजनामा आवधिक योजना तथा मध्यकालिन खर्च संरचना सम्वन्धी पालिका स्तरिय अभिमुखिकरण तथा तयारी गोष्ठी गरिएको छ ।

    सिटिजन डेभलप्मेन्ट सोलुसनले चार महिनाभित्र आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण गरेर पालिकालाई हस्तान्तरण गर्ने कार्ययोजना रहेको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिए ।

    खोटाङकै ऐसेलुखर्क गाउँपालिका र सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको पनि आवधिक योजना तथा मध्यकालिन खर्च संरचना निर्माण गर्ने योजना रहेको जी फाउण्डेसनका फिल्ड समन्वय अधिकृत जिवनाथ तिम्सिनाले बताए । यसका लागि सम्वन्धित स्थानीय तहमा पालिका स्तरिय अभिमुखिकरण तथा तयारी गोष्ठी गर्ने तयारी गरिएको छ । 

    प्रकाशित मिति :माघ १, २०८० सोमवार - १८:४५:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको