खोटाङ । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनका लागि केपिलासगढी गाउँपालिका र करुणा फाउन्डेसन नेपालबीच सम्झौता भएको छ।गाउँपालिकामा बिहीबार गाउँपालिकाको तर्फबाट अध्यक्ष समिर राई र फाउण्डेसनको तर्फबाट व्यवस्थापक सन्तोष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।
सम्झौता पत्रमा उपाध्यक्ष गुरुराज राई, फाउन्डेसनका वरिष्ठ अधिकृत गीता त्वानावासु, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बोम बहादुर परियार र पालिका संयोजक विश्व पुरीले हस्ताक्षर गरेका छन्।
गाउँपालिकाको पूर्ण स्वामित्वमा सञ्चालन हुने कार्यक्रम माघ १ गतेबाट लागू भई २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ। यस कार्यक्रमले अपाङगता भएका व्यक्तिहरुको सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्राप्तिका निम्ति काम गर्नेछ।
केपिलासगढी गाउँपालिकामा २८० जना विभिन्न प्रकृतिका अपाङग व्यक्तिहरु रहेको गाउँपालिकाले जनाएको छ। अब फाउन्डेसनले (भोली) शुक्रबार रावाबेशी गाउँपालिका र माघ ७ गते ऐसेलुखर्क गाउँपालिकामा सम्झौता गर्नेछ। रावाबेंशी र ऐसेलुखर्क गाउँपालिकामा सम्झौता भएसँगै जिल्लाको दश स्थानीय तहमा सम्झौता सकिनेछ।