• ट्रेण्डिङ:

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार स्थानीय तह छनोट (सूचीसहित)

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार स्थानीय तह छनोट (सूचीसहित)

रोदिक खबर

५, माघ २०८०
  • 4.0K
    SHARES
  • स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार स्थानीय तह छनोट (सूचीसहित)

    काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि एक सय चार वटा स्थानीय तह छनोट गरेको छ ।

    नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरूमध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

    जसमा कोशी प्रदेशका २०, मधेस प्रदेशका १७, बागमती प्रदेशका १७, गण्डकी प्रदेशका ११, लुम्बिनी प्रदेशका १४, कर्णाली प्रदेशका १० र सुदूरपश्चिम प्रदेशका ११ वटा स्थानीय तहहरू छनोट भएका छन् ।

    २४२ वटा स्थानीय तहले निवेदन दिएकोमा कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटालाई छानिएका हुन् ।

    Screenshot_20240119-150018_CamScanner.jpgमन्त्री अनिता देवी आफैँले छनोट गरेका स्थानीय तहहरूमा एकमुष्ट रूपमा साढे ८८ करोड रुपैयाँ पठाइएको जनाइएको छ ।

    प्रकाशित मिति :माघ ५, २०८० शुक्रवार - १५:०७:४५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको