• ट्रेण्डिङ:

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा स्थानीय तह छनोट

स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा स्थानीय तह छनोट

रोदिक खबर

६, माघ २०८०
  • 8.2K
    SHARES
  • स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा स्थानीय तह छनोट

    खोटाङ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रमका लागि खोटाङका तीन वटा वटा स्थानीय तह छनोट गरेको छ ।

    नव प्रवर्द्धनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० बमोजिम आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रम सञ्चालनका लागि आवेदन दिने स्थानीय तहहरू मध्ये तोकिएको योग्यता र आधार पुरा गरेका स्थानीय तहहरूलाई छनोट गरिएको मन्त्रालयले जनाएको छ ।

    जसमा खोटाङका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र खोटेहाङ गाउँपालिका छनोट भएका छन् ।

    सात प्रदेशका २४२ वटा स्थानीय तहले निवेदन दिएकोमा कार्यविधिमा समावेश गरेको मापदण्ड पुरा गरेका १०४ वटा छनौटमा पर्दा खोटाङका तीन वटा पालिका छानिएका हुन् ।  छनौटमा परेका   १०४ वटा स्थानीय तहहरूमा एकमुष्ट रूपमा साढे ८८ करोड रुपैयाँ पठाइएको मन्त्रालयले जनाएको छ ।

    kk.jpg

    प्रकाशित मिति :माघ ६, २०८० शनिवार - ०७:२१:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको