• ट्रेण्डिङ:

दिक्तेलबजारमा आठ स्थानमा वडाको फ्रि वाइफाई

दिक्तेलबजारमा आठ स्थानमा वडाको फ्रि वाइफाई

रोदिक खबर

८, माघ २०८०
  • 8.7K
    SHARES
  • दिक्तेलबजारमा आठ स्थानमा वडाको फ्रि वाइफाई

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल वडा कार्यालयले दिक्तेलबजारका विभिन्न आठ स्थामा निःशुल्क वाइफाई जडान गरेर सञ्चालनमा ल्याएको छ।

    रत्नपार्कको सपीङ कम्प्लेक्स, साप्ताहिक हाटबजार लाग्ने हाँटडाँडा, जिल्ला प्रशासन कार्यालयको नागरिकता फाँटको बाहिर, जिल्ला अस्पतालको टिकट काउण्टरमा, सरस्वती मावि, पञ्च मावि, सरस्वती आधारभूत विद्यालय पोखरी, युवावर्ष प्राविमा वाइफाई जडान गरेर सञ्चालन भईरहेको दिक्तेलका वडाध्यक्ष नवराज राईले बताए।

    धेरै मानिसहरु जम्मा भएर सेवा लिने स्थानहरुमा कहिलेकाँही आकस्मिक रुपमा नपुगेका तथा छुटेका कागजातहरु आदानप्रदान गर्न र इन्टरनेटको सहायताबाट गर्नुपर्ने सम्पूर्ण काममा सहज होस भनेर फ्रि वाइफाई जडान गरिएको अध्यक्ष राईको भनाई छ । विद्यालयहरुमा जडान गरिएको सीसी क्यामेरालाई मोवाईल फोनमा कनेक्ट गर्न त्यहाँ पनि फ्रि वाइफाई जडान गरिएको हो ।

    वडाको दुई लाख बजेटमा आवश्यक सम्पूर्ण सामाग्री खरीद, जडान खर्च र एक वर्ष रिचार्जसहित वाइफाई जडान गरेर सञ्चालन गरिएको हो। यी आठ स्थानका वाइफाई नेपाल टेलिकमको ५० एमबीपीएसको वाइफाई हो।

    प्रकाशित मिति :माघ ८, २०८० सोमवार - ११:३४:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको