शुक्रवार, भाद्र २६ गते २०८३

आजदेखि स्वस्थानी व्रत सुुरु

आजदेखि स्वस्थानी व्रत सुुरु

रोदिक खबर

११, माघ २०८०
  • 8.1K
    SHARES
  • आजदेखि स्वस्थानी व्रत सुुरु

    खोटाङ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ ।

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ ।

    स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । त्यसैले आजको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ ।

    बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ ।

    बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

    शालीनदीमा स्वस्थानी मेला

    आजैबाट काठमाडौंको शालीनदीमा स्वस्थानीको मेला सुरु भएको छ ।

    गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको विधिअनुसार व्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र व्रतकै प्रभावले छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र)को राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । त्यसैले साँखुको शालीनदीमा स्वस्थानीमा विशेष मेला लाग्छ ।

    प्रकाशित मिति :माघ ११, २०८० बिहिवार - ०७:३०:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको