• ट्रेण्डिङ:

रावाबेँसीमा अनलाइन वक्तृत्वकला प्रतियोगीता 

रावाबेँसीमा अनलाइन वक्तृत्वकला प्रतियोगीता 

रोदिक खबर

२९, भाद्र २०७७
  • 6.1K
    SHARES
  • रावाबेँसीमा अनलाइन वक्तृत्वकला प्रतियोगीता 


    खोटाङ । बाल दिवसको अवशरमा खोटाङको रावाबेँसी गाउँपालिकामा अनलाइन वक्तृत्वकला प्रतियोगीता गरिएको छ । दिवसको अवशरमा आइतबार हलेसी बिकास मञ्च खोटाङले ‘बन्दाबन्दीले बालबालिकामा पारेको अशर र वैकल्पिक शिक्षा’ विषयक भर्चुअल वक्तृत्वकला प्रतियोगीता गरेको हो ।

    कोभिड–१९ को महामारीका कारण एक ठाउँमा भेला हुने र खुला कार्यक्रम गर्ने अवस्था नभएकाले अनलाइन वक्तृत्वकला प्रतियोगीता गरिएको हलेसी बिकास मञ्चका कार्यक्रम संयोजक बिरेन्द्र मगरले बताए । 

    गाउँपालिकाभित्रका बिद्यालयमा अध्ययनरत छात्र÷छात्रा सहभागी भर्चुअल वक्तृत्वकला प्रतियोगीतामा देउराली माबि डुम्रेधारापानीका शुशिला तिमल्सिना प्रथम, शारदा माबि खार्पाका प्रतिक पोखरेल दोश्रो र गंगोद्धय माबि दुबेकोलका सञ्जु राई तेश्रो भएका छन् ।

    विजेताले क्रमशः दुई हजार, पन्ध्र सय र एक हजार पाउने छन् । बिजेताको पुरस्कार विद्यालयमार्फत पठाइदिने तयारी गरिएको आयोजकले जनाएको छ । वाताबरणीय कृषि तथा बिकास केन्द्र (केड)को सहयोगमा सञ्चालित महिला प्रजनन अधिकार कार्यक्रम अन्तरगत अनलाइन वक्तृत्वकला प्रतियोगीता आयोजना गरिएको हलेसी बिकास मञ्चका कार्यक्रम संयोजक मगरले बताए । 

    भर्चुअल वक्तृत्वकला प्रतियोगीतामा रावाबेँसी गाउँपालिकाका अध्यक्ष लिलानाथ निरौला, केडकी कार्यकारी निर्देशक समिता प्रधान, विद्यालयका प्रअ, शिक्षक लगायतको सहभागीता रहेको थियो । अनलाइन वक्तृत्वकला प्रतियोगीता गाउँपालिकाकै पहिलो भर्चुअल अभ्यास भएको बताइएको छ । 

    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - १६:४०:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको