• ट्रेण्डिङ:

५० विपन्न परिवारलाई ब्ल्याङकेट वितरण

५० विपन्न परिवारलाई ब्ल्याङकेट वितरण

रोदिक खबर

१२, माघ २०८०
  • 2.9K
    SHARES
  • ५०  विपन्न परिवारलाई ब्ल्याङकेट वितरण

    खोटाङको दिक्तेल रुपाकोट मझुुवागढी नगरपालिका–१५ बिजयखर्कमा अति विपन्नहरुलाई ब्ल्याङकेट वितरण गरिएको छ।

    कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको निर्देशनमा आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशबाट प्राप्त भएको ५० थान ब्ल्याङकेट लक्षित वर्गहरुलाई शुक्रवार वितरण गरिएको हो।

    बिजयखर्कस्थित जुरेथुम्का सामुदायिक वनको कार्यालय तथा भैरवेश्वर महादेव मन्दिरको प्राङगणमा ‘नारायण प्रसाद पोखरेल स्मृति समाज’ले आयोजकीय व्यवस्थापन गरेर वडाले छनोट गरेको अति विपन्न ५० परिवारलाई लक्षित गरेर ब्ल्याङकेट वितरण गरिएको नारायण प्रसाद पोखरेल स्मृति समाजका सचिव जीवराज पोखरेलले जानकारी दिए ।

    लक्षित वर्गलाई नेपाल पत्रकार महासंघ जिल्ला शाखा खोटाङका अध्यक्ष दिलीप खत्री, बिजयखर्कका वडाध्यक्ष रामबहादुर कटवाल, नारायण प्रसाद पोखरेल स्मृति समाजका संरक्षक धर्मराज पोखरेल र समाजका अध्यक्ष देवराज पोखरेलले  ब्ल्याङकेट वितरण गरेका थिए ।

    हामीले पहल गरेपछि मन्त्री कार्कीले ब्ल्याङकेट उपलब्ध गराइ दिनुभयो, ५० थान त्रिपाल पनि प्राविधिक कारणले ल्याउन पाईएन, संरक्षक पोखरेलले भने, “त्यो पनि आउँछ ।” चिसोमा ब्ल्याङकेट पाएपछि खुशी लागेको ब्ल्याङकेट प्राप्त गरेका लक्षित वर्गहरुको भनाई थियो ।

    प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - १९:५५:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको