कानून न्याय तथा संसदीय मामिला मन्त्री गुरुङ हलेसी आउने

कानून न्याय तथा संसदीय मामिला मन्त्री गुरुङ हलेसी आउने

रोदिक खबर

१२, माघ २०८०
  • 2.0K
    SHARES
  • कानून न्याय तथा संसदीय मामिला मन्त्री गुरुङ हलेसी आउने

    कानून न्याय तथा संसदीय मामिला मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ भोली खोटाङको हलेसी आउने भएका छन् ।

    हलेसी तुवाचुङ नगरपालिकाले आयोजना गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनका निम्ति मन्त्री गुरुङ हलेसी आउने कार्यक्रम तय भएको हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले जानकारी दिइन ।

    मन्त्री गुरुङले अर्खौलेस्थित सालपा खेलमैदानमा हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शनिबार बिहान ११ः३० बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

    संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको नौ लाखसहित दश लाखमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुनेछ । ३० स्वर्ण पदकका लागि हुने प्रतियोगितामा नगरभित्रका १२ वटा मावि र दुईवटा संस्थागत विद्यालयको सहभागिता हुनेछ ।

    प्रतियोगितामा छात्रातर्फ २९० जना र छात्रतर्फ २६१ जना विधार्थी खेलाडी सहभागी हुनेछन् ।

    प्रतियोगितामा प्रथम हुने विद्यालयले रनिङ शिल्डका साथमा मेडल र प्रमाणपत्र पाउने नगरपालिकाले जनाएको छ ।

    दोश्रो र तेश्रो हुने विद्यालयले कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रत्येक विधामा प्रथम, दोश्रो र तेश्रो हुने विधार्थी खेलाडीले ट्रफी प्राप्त गर्ने जनाईएको छ ।

    प्रतियोगितामा सहभागी हुने विद्यालयलाई दुरीको आधारमा खर्च दिईने नगरपालिका श्रोतले जनाएको छ ।

    प्रकाशित मिति :माघ १२, २०८० शुक्रवार - २१:५७:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको