बिहिवार, कार्तिक १३ गते २०८३

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

रोदिक खबर

२९, भाद्र २०७७
  • 2.9K
    SHARES
  • लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेबाट खुला गर्ने निर्णय

    सरकारले आन्तरिक हवाई उडान र लामो दूरीका गाडी असोज ५ गतेदेखि खुलाउने निर्णय गरेको छ। सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले आन्तरिक हवाई उडान र लामो दूरीका सार्वजनिक यातायात असोज ५ देखि खोल्ने निर्णय गरेको हो।  

    कानुन मन्त्री डा. शिवमाया तुम्वाहाङ्फे अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको प्रस्तावमा आन्तरिक आकाश मार्ग र लामो दूरीको स्थल मार्ग एकै दिन खोल्ने निर्णय मन्त्रिपरिषद्ले लिएको हो।  

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १ बाटै खोलिदिँदा पनि हुने बताएका थिए। तर यातायात मन्त्र नेम्वाङले लामो समयदेखि थन्किएका गाडी मर्मत सम्हारका लागि व्यवसायीहरुले समय मागेको भन्दै ५ गतेदेखि खोल्दा उचित हुने प्रस्ताव गरेका थिए।

     चैत ११ देखिको चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण आफूहरु थला परिसकेको जनाउँदै यातायात व्यवसायीहरुले असोज १ गतेदेखि लामो दूरीमा गाडी चलाउने घोषणा गरेका थिए।

    यस्तोमा यातायात मन्त्रीसहित सरकारी अधिकारीसँग पनि भएको सम्वादपछि सहमतिको वातावरण बनेको थियो। त्यसक्रममा सरकार यातायात खोल्न तयार भएको थियो।

    प्रकाशित मिति :भाद्र २९, २०७७ सोमवार - २२:५०:३३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको