अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

रोदिक खबर

२१, माघ २०८०
  • 11.0K
    SHARES
  • अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलबजारस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङगणमा आईतबारबाट ५४ स्वर्णका लागि तीन दिवसीय प्रतियोगिता सुरु भएको हो।

    प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयले दिप प्रज्ज्वलन गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो। प्रतियोगितामा छात्राछात्रतर्फ कबड्डी, भलिवल, १००, २००, ४००, २००, ४००, ८००, १५००, ३००० मिटर दौड, चारजनाले पालैपालो दौडने १०० मिटर रिले दौड, चारजनाले पालैपालो दौडने ४०० मिटर रिले दौड, सटफुट, ज्याबलिन थ्रो, लङजम्प, त्रिपल जम्प, मार्सल आर्ट, कराते लगायत २७ विधामा एक/एक स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नगरभित्रका २१ सामुदायिक मावि र तीनवटा संस्थागत माविसहित २४ वटा माविको सहभागिता छ।

    संघीय सरकारको सशर्त बजेट एक लाख र नगरपालिकाको चार लाखसहित पाँच लाखमा प्रतियोगिता सम्पन्न गर्न लागिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका सदस्य सचिव एवंम् सरस्वती माविका प्रधानाध्यापक शिवहरी ढकालले जानकारी दिए ।

    ढकालका अनुसार प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुने विद्यालयलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। अन्य २१ विद्यालयलाई सहभागिताको प्रमाणपत्र मात्रै दिईनेछ। जिल्लाका अन्य स्थानीय तहहरुले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो हुनेलाई नगद पुरस्कार र सहभागी विद्यालयलाई आवतजावत खर्चको व्यवस्थापन गरेका थिए। प्रतियोगिता २३ माघमा सकिनेछ ।

    rastrapati-running-seld.webp

    प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीहरुले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा खेल्न पाउनेछ। जिल्ला स्तरीय प्रतियोगिताको टुंगो लागेको छैन।दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईको अध्यक्षतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख एवंम् नगर शिक्षा समिति संयोजक तीर्थराज भट्टराईको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य सरस्वती वजिमयको प्रमुख आतिथ्यतामा भएको उद्घाटन राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय सििमतका प्रमुख सनबहादुर राई लगायतको उपस्थिति रहेको थियो । उद्घाटन सत्रमा विभिन्न विद्यालयहरुले नृत्य एवंम् पीटि प्रदर्शन गरेका थिए।

    प्रकाशित मिति :माघ २१, २०८० आइतवार - १६:५८:५६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको