स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

रोदिक खबर

२२, माघ २०८०
  • 9.9K
    SHARES
  • स्थापना दिवसमा बिरामीलाई फलफुल वितरण

    खोटाङ । प्रेस चौतारी नेपाल खोटाङले बिरामीहरुलाई फलफुल वितरण गरेर स्थापना दिवस मनाएको छ । जिल्ला अस्पताल दिक्तेलमा उपचाररत बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै फलफुल वितरण गरेर सोमबार चौतारीले २६ औं स्थापना दिवस मनाएको हो ।

    अस्पतालमा उपचाररत १३ जना बिरामीलाई स्वास्थ्य लाभको कामना गर्दै स्याउ, केरा, अनार, अंगुर, फ्रुटी लगायतका फलफुल वितरण गरेर स्थापना दिवस मनाइएको प्रेस चौतारी नेपाल खोटाङका उपाध्यक्ष राजन ठटालले बताए ।

    नेकपा एमाले खोटाङका अध्यक्ष राम प्रसाद दंगाल, सचिव कुमार आचार्य, वरिष्ठ पत्रकार कृष्ण आचार्य, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष नवराज राई, नेपाल पत्रकार महासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइन्चार्ज हरिबोल आचार्य, नेकपा एमाले दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटी अध्यक्ष गोपाल आचार्य, अधिवक्ता ओम प्रकाश घिमिरे, नेपाल पत्रकार महासंघ खोटाङका पूर्व अध्यक्ष दमन राई, नेपाल प्रेस युनियन खोटाङका अध्यक्ष उत्तम चौलागाई लगायत जिल्लाका विभिन्न संगठनमा आबद्ध पत्रकारहरु लगायतले बिरामीलाई फलफुल दिएर बिरामीको स्वास्थ्य लाभको कामना गरेका थिए ।

    a.jpg

    प्रकाशित मिति :माघ २२, २०८० सोमवार - १३:०५:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको