ज्यामिरेमा खुल्ला अन्तर पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने

ज्यामिरेमा खुल्ला अन्तर पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने

रोदिक खबर

२९, माघ २०८०
  • 10.1K
    SHARES
  • ज्यामिरेमा खुल्ला अन्तर पालिका स्तरीय पुरुष  भलिवल प्रतियोगिता हुने

    लिला सुनुवार

    ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेमा खुल्ला अन्तर पालिकास्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ ।

    नेपथ्थे युवा समाजको आयोजनामा फाल्गुन ४ गते देखि प्रतियोगिता हुन लागेको नेपथ्थे युवा समाजले पत्रकार सम्मेलन गरेर जानकारी गराएकाे हाे ।

    प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख १ हजार १ सय ११ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    दोस्रो हुने टिमले नगद ५१ हजार १११ का साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगितामा सेमिफाईनलिस्ट हुने दुई टिमले नगद २५ हजार १११ सहित प्रमाणपत्र प्राप्त गर्ने समाजका उपाध्यक्ष अर्जुन खड्काले जानकारी दिए ।

    प्रतियोगिताका विभिन्न विधा अन्तर्गत सर्बोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट क्विक स्पाईकार, सर्वोत्कृष्ट ओपन स्पाईकर, सर्बोत्कृष्ट स्पाईकर तथा उत्कृष्ट ब्लकरलाई विशेष पुरस्कारको व्यबस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

    त्यस्तै क्वाटर फाईनलबाट भने प्रतियोगिताका म्यान अफ दी म्याच हुने खेलाडीलाई नगद सहित मायाको चिनो प्रदान गरिने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा १२ टिम भन्दा कम टिम सहभागी भएमा लिग कम नकआउटका आधारमा खेल खेलाईने आयोजकले भनाईछ ।

    फाल्गुन ३ सम्म टिम दर्ता गर्नुपर्ने र टिम दर्ता शुल्क १० हजार राखिएको समाजका सचिव धिरेन्द्र खडकाले बताए ।

    प्रतियोगितालाई अझ रोचक बनाउनका लागि १५ देखि २५ बर्ष उमेर समूहका युवा खेलाडीहरुलाई सहभागी गराउने गरि ३ हजार मिटरको दौड प्रतियोगिता पनि राखिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

    त्यस्तै भलिबल तथा दौड सँगै स्लो बाईक रेस प्रतियोगिताको पनि आयोजना गरिएको आयोजकले जनाएको छ ।

    ३ हजार मिटर दौड प्रतियोगिता र स्लो बाईक रेस प्रतियोगिताका विजेताहरुले क्रमशः प्रथम हुनेले नगद ६ हजार १ सय ११, दोश्रो हुनेले ४ हजार १ सय ११ र तेश्रो हुनेले २ हजार १ सय ११ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा जानकारी गराएका छन ।

    प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १८:०८:२६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको