• ट्रेण्डिङ:

२१ टन क्षमताको दश चक्के ट्रक

साकेला गाउँपालिकामा काठ बोक्ने ट्रक प्रवेशमा रोक, प्रवेश गरे २० हजार जरिवाना गरिने

साकेला गाउँपालिकामा काठ बोक्ने ट्रक प्रवेशमा रोक, प्रवेश गरे २० हजार जरिवाना गरिने

रोदिक खबर

२९, माघ २०८०
  • 8.9K
    SHARES
  • साकेला गाउँपालिकामा काठ बोक्ने ट्रक प्रवेशमा रोक, प्रवेश गरे २० हजार जरिवाना गरिने

    साकेला । काठ बोक्नका लागि प्रयोग हुँदै आएको २१ टन क्षमताको दश चक्के ट्रकलाई साकेला गाउँपालिका प्रवेशमा रोक लगाईएको छ । गाउँपालिका भित्र निर्माण भएको मुख्य सडक तथा शाखा सडकहरु बिगारिरहेको निष्कर्ष निकाल्दै आइतबार बसेको कार्यपालिका बैठकले २१ टन क्षमताको दश चक्के र १५ टन क्षमताको छ चक्के ट्रक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

    निर्णयको उलंङ्घन गरि जबरजस्ती गाउँपालिकाभित्र प्रवेश गरेमा २० हजार रुपैंया जरिवाना गर्ने निर्णय समेत कार्यपालिका वैठकले गरेको छ ।

    निर्णयमा भनिएको छ –२१ टन क्षमताको दश चक्के मालबाहक ट्रक यस गाउँपालिकाभित्र प्रवेश गर्न पूर्ण रुपमा प्रतिबन्ध गर्ने साथै हालसम्म कटान गरि राखिएको काठ १५ टन क्षमताको छ चक्के ट्रकबाट सम्बन्धित वडा कार्यालयबाट अनुमति लिएर निकासा गरिसक्ने र त्यस पश्चात सो ट्रकलाई समेत प्रवेश निषेध गरिनेछ ।

    त्यस्तै, काठ निकासीको क्रममा भत्किएका सडक, पर्खाल, नाली लगायतका संरचनाहरुको क्षतिपूर्ति प्राविधिक स्टिमेटका आधारमा व्यवसायिहरुबाट असुल उपर गरिने समेत वैठकले निर्णय गरेको छ । गाउँपालिकाभित्रका सडक ठूला ठूला क्षमता भएका ट्रकले क्षतविक्षत बनाउन सुरु गरेपछि सडक बचाउन यस्तो निर्णय गर्नुपरेको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।

    दुईचार हजार कर उठाउने लोभले करोडौं करोड लगानी गरेर निर्माण गरेका सडकहरु भत्काउन दिनु भएन, अध्यक्ष राईले भने यसरी बिगारिएका सडक पुन निर्माण गर्न राज्यको करोडौं खर्च हुन्छ, राज्यको करोडौं खर्च हुनबाट जोगाउनका लागि यस्ता बढी क्षमता भएका सवारी साधन प्रवेश गर्न रोक लगाईएको हो ।

    अहिले साकेला गाउँपालिकाको वडा नम्बर ३ खिदिमा, वडा नम्बर २ रतन्छा र वडा नम्बर १ बाँझेच्यानडाँडाबाट उत्तिस, चिलाउने, पात्ले लगायतका रुख निकासी गर्नका लागि ठूला ठूला मालबाहक ट्रकहरु गाउँपालिकाभित्र प्रवेश गर्ने गरेको थियो ।

    प्रकाशित मिति :माघ २९, २०८० सोमवार - १८:५४:२७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको