• ट्रेण्डिङ:

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न (फोटो फिचर)

मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न (फोटो फिचर)

रोदिक खबर

१७, फाल्गुण २०८०
  • 12.5K
    SHARES
  • मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न (फोटो फिचर)

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको १३ दिने मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी सम्पन्न भएको छ । धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा कला, संस्कृति र पर्यटन प्रवद्र्धनका लागि नेपाल कला परिषद, बबरमहल, काठमाडौंमा आयोजना गरिएको ‘मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्रदर्शनी’ कार्यक्रम बिहीबार औपचारिकरुपमा सम्पन्न भएको हो ।

    s.jpegचित्रकला प्रदर्शनी राष्ट्रपति रामचन्द्र पौडेलले ले फागुन–५ गते क्यानभासमा चित्र कोरेर उद्घाटन गरेका थिए भने समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए ।

    427003833_733178188559111_2583940463662294828_n.jpgp.jpeg

    संसारभरि छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने र चित्रकलाको माध्यमबाट खोटाङ र सिंगो नेपाललाई विश्वमाझ परिचय गराउँदै पर्यटन प्रवद्र्धन र आर्थिक समृद्धिमा जोड्ने लक्ष्यका साथ नगरपालिका र धनु आर्ट स्टुडियोसँगको सहकार्यमा गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’ बिहीवार सम्पन्न भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

    3-6.jpg

    ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी’लाई दिक्तेलमा आयोजना गरिएको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’कै अर्कोे श्रृङ्खलाको रुपमा आयोजना गरिएको हो । प्रदर्शनीमा राखिएका चित्रलाई पुनः दिक्तेलमा लगेर संग्रहालय बनाएर राख्ने योजना बनाइएको छ”, नगरप्रमुख भट्टराईले, “संसारभर छरिएर रहेका खोटाङ्गे मनलाई एउटै थलोमा जोड्ने काम गरेको छ । चित्रकलाको माध्यमबाट खोटाङ र सिङ्गो नेपाललाई विश्वमाझ परिचित गराउन सफल भएका छौँ ।”

    de.jpeg

    दिक्तेलमा गत असोज–१७ गतेदेखि २१ गतेसम्मा आयोजना गरिएको ‘चित्रकला कार्यशाला तथा प्रदर्शनी’मा सहभागी नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारसहित विभिन्न ५० देशका ख्यातिप्राप्त चित्रकारले क्यानभासमा उतारेका २१० वटा चित्रलाई संकलन गरेर प्रदर्शनीमा राखिएको नगरपालिकाले जनाएको छ । प्रदर्शनी कार्यक्रममा दैनिक ५०० को हाराहारीमा उपस्थित सर्वसाधारणदेखि उच्च पदस्थ व्यक्तिहरुले प्रत्यक्ष अवलोकन गरेका छन् ।

    oli.jpeg

    १३ दिन सञ्चालन गरिएको प्रदर्शनी कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, सभामुख देवराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन लगायतका उच्च पदस्थ व्यक्ति तथा राजनीतिक दलका नेताहरुले प्रत्यक्ष अवलोकन गरेका थिए । प्रदर्शनी कार्यक्रममा सहभागी उच्च पदस्थ व्यक्तिहरुले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमले पर्यटन प्रवद्र्धनमा सघाउ पुगेको लिखित प्रतिक्रिया दिएका छन् ।

    7-1.jpg

    मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमको औपचारिक समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभएको नगरप्रमुख भट्टराईले जानकारी दिए । चित्रकार तथा सहयोगी संस्थाहरुलाई सम्मान समेत गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रमका माध्यमबाट अन्तर्राष्ट्रियरुपमा एकता प्रवद्र्धन भएको बताए ।

    Screenshot_20240220-202648_Gallery.jpg

    धनु आर्ट स्टुडियो काठमाडौँसँगको सहकार्यमा दिक्तेलमा आयोजित ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा १८ लाख खर्च भएको थियो भने काठमाडौँमा आयोजना गरिएको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी कार्यक्रममा भने कति खर्च भयो भन्ने विवरण नगरपालिकाले सार्वजनिक गरेको छैन । खर्चको विवरण तथा कार्यक्रमको उपब्धिका बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए ।

    a.jpgm1.jpegoli1.jpegm.jpeg

     

    प्रकाशित मिति :फाल्गुण १७, २०८० बिहिवार - २१:०४:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको