खोटाङ । गायक मदन ढकाल र गायिका सुनीता बुढा क्षेत्रीको सुमधुर स्वरमा सजिएको ‘दुना टपरी’ बोलको गीतमा निर्माण गरिएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
दशवर्षे जनयुद्ध र माया पिरतीमा आधारित ‘दुना टपरी’ बोलको गीतमा निर्माण गरिएको १७ मिनेट २० सेकेन्डको म्युजिक भिडियो टिएम म्युजिक प्रोडूक्सन नामक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।
समीर घिमिरे (बिरही) को शब्द तथा तीर्थ खत्रीको सँगीत रहेको ‘दुना टपरी’ बोलको गीतमा गायक ढकालसँगै चर्चित गायिका सुनीता बुढा क्षेत्रीको स्वर रहेको छ ।
गीति म्युजिक भिडियोमा बिनोद भण्डारी, सारीका के.सी., गोपीकृष्ण चापांगाई, कामना ढकाल, मिनराज पन्थी, लक्ष्मी ढकाल, सबिता ढकाल, अमरराज पाण्डे, श्यामहरी शिवभक्ती लगायतका कलाकारहरुले अभिनय गरेका छ्न् ।
बिनोद भण्डारीले निर्देशन गरेको यो म्युजिक भिडियोमा नबराज उप्रेतीको कोरियोग्राफी रहेको छ । राजेन्द्र अर्यालको प्राविधिक सहोगमा तयार गरिएको म्युजिक भिडियोको सम्पादन मनोज कार्कीले गरेको संगितकार खत्रीले जानकारी दिए ।