अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दिक्तेलले चुम्यो

अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दिक्तेलले चुम्यो

रोदिक खबर

१९, फाल्गुण २०८०
  • 10.2K
    SHARES
  • अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि दिक्तेलले चुम्यो

    खोटाङ, अन्तरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ।

    जन्तेढुंगा गाउँपालिका बाहेक नौ वटा अन्तरपालिकाबीच भएको प्रतिस्पर्धामा २५ स्वर्ण, दश रजत र छ कास्य ल्याएर प्रथम भएको दिक्तेलले नगद १५ हजारसहित शिल्ड हात पारेको छ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा भएको प्रतियोगितामा नौ स्वर्ण, दुई रजत र छ कास्य ल्याएर दोश्रो भएको हलेसी तुवाचुङ नगरपालिकाले नगद १२ हजार र ट्रफि जितेको छ।

    आठ स्वर्ण, पाँच रजत, पाँच कास्य ल्याएर तेश्रो भएको केपिलासगढी गाउँपालिकाले नगद नौ हजार नगदसहित ट्रफि प्राप्त गरेका छन्।

    विजयी पालिकालाई बहुउद्देश्य कभर्डहल माटिकोरेमा भएको समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रखुम सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विशन राई लगायतले पुरस्कार वितरण गरेका थिए।

    सितोरियो कराते, तेक्वान्दो, भलिवल, एथलेटिक्स र कबड्डी विधामा प्रतिस्पर्धा भएको थियो । प्रतियोगिता गराउन कोशी प्रदेश खेलकुद विकास वोर्डबाट चार लाख २० हजार बजेट आएको जिल्ला खेलकुद विकास समिति खोटाङका कार्यालय प्रमुख लिलाभक्त केसीले बताए।

    प्रमुख केसीका अनुसार प्रतियोगितामा सहभागी विधार्थी खेलाडीहरुलाई छनौट समितिले प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउन छनौट गर्ने र उनीहरुलाई प्र्रदेशसम्म जान र जर्सी खरीदमा चार लाख २० हजार बजेटले धान्नुपर्ने छ। प्रदेश स्तरीय प्रतियोगिताको मिति भने टुंगो लागेको छैन।

    प्रकाशित मिति :फाल्गुण १९, २०८० शनिवार - १२:३४:४६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको