शुक्रवार, भाद्र २६ गते २०८३

ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

रोदिक खबर

२०, फाल्गुण २०८०
  • 8.1K
    SHARES
  • ट्रिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार युवकको मृत्यु

    खोटाङ । टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइलमा सवार हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारस्थित देविटारका २५ वर्षीय टंकल राईको मृत्यु भएको छ ।

    दिक्तेलबाट हलेसीतर्फ जाँदै गरेको बागमती प्रदेश ०१७–००६ ख २४०२ नम्बरको टिपरले स ९ प १२१२ नम्बरको मोटरसाइकललाई आइतबार अर्खौलेको कामीडाँडामा ठक्कर दिँदा टंकलको घटनास्थलमै मृत्यु भएको हो ।

    मोटरसाइकललाई ठक्कर दिने ट्रिपर र चालक पदम कार्कीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए ।

    दुर्घटनामा ज्यान गुमाएका टंकल मंगलटारबाट हलेसी हुँदै दिक्तेल जानेक्रममा दुर्घटनामा परेको बताइएको छ । दुर्घटनामा टंकलको मृत्यु भएपछि आफन्तहरुले दिक्तेल–हलेसी सडक अवरुद्ध गरेका छन् ।

    घटनाको बारेमा सत्यतथ्य छानबिनगरी दोषीलाई कारबाही र मृतक परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्दै आफन्तले सडक अवरुद्ध गरेका हुन् ।

    घटनाको विषयमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी कार्कीले बताए ।

    दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय हलेसीको टोली घटनास्थलमा पुगेको जनाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २०, २०८० आइतवार - १६:१४:०८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको