• ट्रेण्डिङ:

गायिका निता आचार्यको ‘चुप चाप’ गीतको म्याुजिक भिडियो सार्वजनिक

गायिका निता आचार्यको ‘चुप चाप’ गीतको म्याुजिक भिडियो सार्वजनिक

रोदिक खबर

२१, फाल्गुण २०८०
  • 10.3K
    SHARES
  • गायिका निता आचार्यको ‘चुप चाप’ गीतको म्याुजिक भिडियो सार्वजनिक

    काठमाडौं । गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

    किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

    ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोतारदर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले  भनिन् । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोतारदर्शकमाझ लोकप्रिय छन् ।

    नेपालबाहिर अमेरिकामा बस्दै आएकी आचार्यले सबै प्रकारका गीत गाउँदै आएकी छन् । ‘सबै खालका गीत गाउन मनपर्छ । मायाप्रेमका गीत, आधुनिक र लोक फ्युजन भएका गीत अलिक बढी गाएकी छु’, उनी भन्छिन् ।

    https://www.youtube.com/watch?v=CYPYXy_Pzzw

    प्रकाशित मिति :फाल्गुण २१, २०८० सोमवार - १२:०६:१६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको