• ट्रेण्डिङ:

लामा गुरू पढाएर स्वर्गीय कालुमान गुरुङको सम्झना

लामा गुरू पढाएर स्वर्गीय कालुमान गुरुङको सम्झना

रोदिक खबर

२५, फाल्गुण २०८०
  • 2.4K
    SHARES
  • लामा गुरू पढाएर स्वर्गीय कालुमान गुरुङको सम्झना

    खोटाङ । नेपाली कांग्रेस खोटाङका तत्कालीन सचिव स्वर्गीय कालुमान गुरुङको गुरुङ संस्कारअनुसार लामा गुरु पढाएर तथा समाधिस्थलमा माल्यार्पण गरेर सम्झना गरिएको छ । गुरुङको २३ औँ स्मृति दिवसको अवसरमा गुरुङ परिवारले बिहीवार समाधिस्थलमा सात जना लामा गुरु पढाएर गरेर सम्झिएका हुन् ।

    नेपाली कांग्रेस खोटाङको पार्टी कार्यालयको प्राङ्गणमा भई रहेको कार्यक्रमलाई सम्बोधन गर्न लाग्दा मिति २०५७ साल फागुन २४ गते मध्यान्ह दुई जना विद्यार्थीको पोशाकमा आएका व्यक्तिले गुरुङलाई ढाडबाट गोली हानी हत्या गरेका थिए ।

    पार्टी सङ्गठन र जनताको काममा रातदिन नभनी आफ्नो ज्यान बाजी लगाएर खट्ने शाहसिक र निडर नेताको रुपमा परिचित गुरुङलाई कडा सुरक्षा घेराभित्रै रहेको पार्टी कार्यालय प्राङ्गणमै यसरी निर्मम हत्या गरी फरार भएका ती व्यक्ति अहिलेसम्म को हुन ? न त सुरक्षा निकायले पक्रन सक्यो न कुनै माध्यमले पत्ता लगाउनै सकेको छ ।

    गुरुङको हत्यापछि धार्मिक परम्परा अनुसार काजक्रियामा बसेका उनकी श्रीमति गुरुङ र नाबालक बच्चाहरुलाई समेत तत्कालीन माओवादीका कार्यकर्ताले विस्थापित गराएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २५, २०८० शुक्रवार - १६:२७:५४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको