काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
विभिन्न सर्त र प्रोटोकल तोकेर यातायात सञ्चालन गर्न लागिएको सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । उनका अनुसार भौतिक दूरी कायम गरी एकपट्टिको सिटमा एकजना मात्र बस्न पाउनेछन् । सबै यात्रुहरुले अनिवार्य मास्क लगाउनुपर्ने र यात्रुले यात्रा गर्नुपूर्व स्यानिटाइजर लगाउनुपर्नेछ ।
व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । यसको अनुगमत यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीले अनुगमत गर्नुपर्ने बताए ।
त्यस्तै बैठकले अन्तर्राष्ट्रिय सीमा नाका आगामी असोज ३० गतेसम्म बन्द गरिने भएको छ ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ ।