खोटाङ । खोटाङको साकेला गाउँपालिका वडा नम्बर–५ मात्तिमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरेको छ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरूको सहभागितालाई अझ उल्लेखनीय बनाउन प्रोत्साहन स्वरुप कपडा वितरण गरेको हो।
५ नम्बर वडा कार्यालय मात्तिमले आर्थिक वर्ष २०८०/०८१ मा रहेको ७ लाख बजेटबाट ४ वटा सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि १२ कक्षासम्मका ४ सय ५० जना विद्यार्थी र ४० जना शिक्षकलाई ट्र्याकसुट र टिर्सट वितरण गरेको हो।
गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईको प्रमुख आतिथ्यतामा शिक्षक र विद्यार्थीलाई कपडा वितरण गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता जीवन न्यौपानेले जानकारी दिए ।
सामुदायिक विद्यालयप्रति खच्कदो सोचलाई परिवर्तन गर्दै सामुदायिक विद्यालयमा पनि विभिन्न सेवा सुविधा रहेको महसुस गराउन कपडा वितरण गरिएको उनको भनाई छ।
कपडा वितरण कार्यक्रमले शिक्षक र विद्यार्थीको मुहारमा खुशीपना आएको उनले जानकारी दिए। सामुदायिक विद्यालयमा विद्यार्थीहरुको सहभागिता बढ्ने अपेक्षा गरिएको उनको भनाई छ।