• ट्रेण्डिङ:

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अगाडि

कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अगाडि

रोदिक खबर

८, चैत्र २०८०
  • 10.5K
    SHARES
  • कार्यसम्पादन मूल्यांकनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका अगाडि

    खोटाङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा खोटाङका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सबैभन्दा बढी अंक प्राप्त गरेको छ । स्थानीय सरकारको कार्यसम्पादन गर्न प्रयोग गरिएका सुचक र अंक भारका आधारमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ६५.९४ अंक प्राप्त गरेको छ ।

    आयोगले फागुन २९ गते प्रकाशित गरेको अन्तिम नतिजा अनुसार हलेसी तुवाचुङ नगरपालिकाले ५९.९५, खोटेहाङ गाउँपालिकाले ५८.८९, बराहपोखरी गाउँपालिकाले ५७.२४, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५३.५७, साकेला गाउँपालिकाले ५१.०१, रावाबेँसी गाउँपालिकाले ४९.५०, जन्तेढुंगा गाउँपालिकाले ४९.१४, केपिलासगढी गाउँपालिकाले ४७.४२ र ऐसेलुखर्क गाउँपालिकाले ४५.९७ अंक प्राप्त गरेको छ ।

    1710957795-9zQBu.jpg

    आर्थिक वर्ष २०७९/०८० को बजेट कार्यान्वयनको वार्षिक समिक्षा गरी तत्सम्बन्धी विवरण २०८० कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेको, स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको राजस्व परिचालन गरेको अवस्था, विनियोजित रकम अनुसार खर्चको अवस्था, लेखापरीक्षणबाट औल्याएको बेरुजुको अवस्था, आवधिक योजना तर्जुमा गरेरनगरेको लगायतका आधारमा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन गरिएको हो ।

    यस्तै, शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर, शैक्षिक शत्र २०७९ मा कक्षा ८ को तुलनामा कक्षा ९ मा विद्यार्थी टिकाउ दर, शैक्षिक शत्र २०७९ मा सामुदायिक विद्यालयबाट कक्षा १० को परिक्षामा सहभागी कुल विद्यार्थी संख्याको तुलनामा कम्तिमा जिपीए १.६ वा सो भन्दा उच्च जिपीए प्राप्त गरेका विद्यार्थी प्रतिशत, ४ पटक गर्भ जाँच गर्ने महिलाको अनुपात, स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाको अनुपात, पुर्ण खोप पाएका बालबालिकाको अनुपात लगायतका सूचकको आधारमा कार्यसम्पादन मूल्याङ्कन गरिएको हो ।

    प्रकाशित मिति :चैत्र ८, २०८० बिहिवार - ०७:४९:५५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको