खोटाङ । देशभर एकसाथ एसइई परीक्षा सुरु भएको छ । खोटाङमा एसइईका २ हजार ९५६ परीक्षार्थी छन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार साधारणधारतर्फ नियमित २ हजार ७६५, प्राविधिक धारतर्फ १२९ र ग्रेडवृद्धितर्फ ६२ जना परीक्षार्थी छन् । परीक्षाका लागि जिल्लाभरी २४ वटा केन्द्र निर्धारण गरिएको छ ।
जिल्लामा सय वटा सामुदायीक र चार वटा संस्थागत विद्यालय छन् । श्रीमाबि बासबोटे लफ्याङका छात्रा बनेकी ३७ वर्षीय महिला स्वास्थ्य स्वयंसेविका बिमला खत्रीले दिक्तेलको सरस्वती माबि, केन्द्रबाट परीक्षा दिइरहेकी छन् । यस्तै, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रहरी उमेश खत्रीले पञ्च माबिबाट एसइई दिइरहेका छन् ।