४० जना दलित विद्यार्थीलाई झोला वितरण

४० जना दलित विद्यार्थीलाई झोला वितरण

रोदिक खबर

१९, चैत्र २०८०
  • 13.0K
    SHARES
  • ४० जना दलित विद्यार्थीलाई झोला वितरण

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङले दलित विद्यार्थीलाई झोला वितरण गरेको छ । वडा कार्यालयले आर्थिक वर्ष २०८०/०८१ लक्षित वर्गका लागि विनियोजन गरिएको बजेटबाट वडाभित्रका ४० जना दलित विद्यार्थीलाई झोला वितरण गरेको वडाध्यक्ष महेन्द्रबहादुर राईले बताए ।

    वडाध्यक्ष राईका अनुसार उनीहरुको पढाइ लेखाइमा सहयोग पुगोस् भन्ने उद्देश्यले दलित विद्यार्थीलाई झोला वितरण गरिएको हो । वडाभित्र रहेका ६ वटा विद्यालयमा अध्ययनरत ६९ जना विद्यार्थीमध्ये कक्षा १ देखि ९ सम्मका ४० जना दलित विद्यार्थीलाई एक कार्यक्रमका बीच झोला वितरण गरिएको हो ।

    उनीहरुलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख विसन राई, वडाध्यक्ष राई लगायत वितरण गरेका थिए । झोला पाएपछि दलित बालबालिका खुशी भएका छन् ।

    झोला वितरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख भट्टराई, उपप्रमुख राई, नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सहरमान राई, नेकपा एमाले खोटाङका सदस्य निरबहादुर राई, नेपाल पत्रकार मासंघ खोटाङका अध्यक्ष दिलीप खत्री, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्यद्वय रामकुमार हिङमाङ र मिना कार्की लगायतको उपस्थिति रहेको वडासचिव मन्दिरा घिमिरेले जानकारी दिइन् ।

    प्रकाशित मिति :चैत्र १९, २०८० सोमवार - १७:२१:३१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको