श्रीमावि लफ्याङको विव्यास अध्यक्षमा काजीमान

श्रीमावि लफ्याङको विव्यास अध्यक्षमा काजीमान

रोदिक खबर

२२, चैत्र २०८०
  • 11.2K
    SHARES
  • श्रीमावि लफ्याङको विव्यास अध्यक्षमा काजीमान

    खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको श्री माध्यमिक विद्यालय (श्रीमावि) को विद्यालय व्यवस्थापन समिति अध्यक्षमा काजीमान राई सर्वसहमत चयन भएका छन् ।

    बुधबार सम्पन्न निर्वाचनसँगै विव्यासको चारै सदस्य टुंगो लागेपछि बिहीबार(आज) राई अध्यक्षमा सर्वसहमत चयन भएका हुन्।

    विव्यास दुई महिला सदस्यमा मिना लिम्बु राई र सुस्मिता विक सहमतिमा छनौट भएको थियो। तर, खुल्ला दुई पुरुष सदस्यमा निर्वाचनबाट लफ्याङका गिरीराज घिमिरे र खाल्लेका उमनाथ ढुङगाना विजयी भएका थिए।

    शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यहरुले स्थानीय बुद्धिजीवि, शिक्षाप्रेमी, संस्थापक र चन्दादाता मध्येबाट एक पुरुषमा काजीमान राई र एकजना महिलामा स्वस्तिका राईलाई मनोनित गरेका हुन्।मनोनित भएका राई नै अध्यक्षमा चुनिएका हुन्।

    शिक्षक प्रतिनिधिमा ज्ञानेन्द्र कुमार राई, विद्यालय रहेको वडा अध्यक्ष वा वडा समितिका सदस्यहरुवाट लफ्याङका वडा सदस्य गोविन्द बहादुर कटुवाल चयन भएका छन् ।

    सदस्य सचिवमा प्रधानाध्यापक पूर्णकुमार राई रहेका छन् । श्रीमाविमा खाल्ले र लफ्याङका ५०–५० प्रतिशत विद्यार्थी अध्ययनरत रहेका छन्।

    प्रकाशित मिति :चैत्र २२, २०८० बिहिवार - २२:०६:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको